काठमाडौं। लेखक, चिन्तक एवम् राजनीतिक विश्लेषक सौरभको असहमति शृंखलाको तेश्रो पुस्तक 'असहमति-३' चैत अन्तिम साता सार्वजनिक हुने भएको छ।
बुक-हिल पब्लिकेसनले आज एक प्रेस नोट सार्वजनिक गर्दै भनेको छ, "इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार, सभ्यता र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफ दिने प्रयत्न सौरभले पुस्तकमा गरेका छन्।"
पुस्तकबारे सौरभ भन्छन्, "कुनै पनि देशको अनुहार छिमेकीको जस्तो हुनुहुँदैन। उत्तरी र दक्षिणी मिलेर बेइमानीका लागि यही देशलाई तगारो बनाउने किन? जो जति भौगोलिक विभाजनका कुरा गर्छ, इतिहासलाई गाली गर्छ, उति उसको पुर्खाले यो देशलाई कुनै योगदान दिएको रहेनछ भनेर म बुझ्ने गर्छु | पुस्तकमा मेरा यस्ता राजनीतिक विमतिहरू धेरै छन्।"
६ वटा खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेखहरू रहेका छन्। विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक-राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन्।
३ सय पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाता ५ सय रुपैयाँ रहेको छ।

Comments