Shopping Cart
अघटित /Aghatit

अघटित /Aghatit

'यो कस्तो खाले काउन्टर हो ?' मात्माले अचम्म मान्दै सोध्यो ।

सुनौलो भविष्यको खोजीमा बिदेसिएका तर स्वयम् नै अतीतको पोको भएर कफिनमा फर्किएकाहरूको सङ्कलन काउन्टर हो । दिनहुँ दर्जनजति कफिन आउँछन्, आफन्तहरू रीतपूर्वक टैक्स बुझाएर लैजान्छन् । भीडभाड तिनै आफन्तहरूको हो । फिस्स हाँस्तै अम्बानीले जवाफ फर्कायो ।

'अरे, लाश बुझ्न पनि टैक्स तिर्नुपर्ने ? पुण्यप्रसादले आँखा चाक्ला पार्दै सोधे ।
'टैक्स त तिनैपर्छ नि, सर । अन्यथा यो देश कसरी चल्नु ? नागरिक जीवित होस् अथवा मुर्दा, टैक्स तिर्नु हरेक नागरिकको कर्तव्य होइन र ? प्रत्येक कफिनको धेरै होइन, एक हजार डलर त हो । एउटै परिवारको एकभन्दा बढी कफिन छ भने पच्चीस प्रतिशत छुट पनि छ ।' अम्बानीले सम्झाउने प्रयास गर्यो ।
यसै उपन्यासबाट

Book Title अघटित /Aghatit
Authorगणेशप्रसाद लाठ
ISBN9789937712729
Edition LanguageNepali
Published Year2020
PublicationManjari Prakashan
Pages299
Category उपन्यास