Shopping Cart
बाल-हृदयको गहिराइ /Baal -Rhidayako gahirai

बाल-हृदयको गहिराइ /Baal -Rhidayako gahirai

धेरै सोच-विचारपछि मैले पुस्तकको नाम राखें
बाल-हृदयको गहिराइ । मेरो सारा जीवन बालबालिकाको
शिक्षणमा ने लागेको हो । त्यसैले सोच्ने गर्दछु- मलाई
पुस्तकको यो नाम राख्ने अधिकार पनि छ । म ती
शिक्षकहरू जो अहिले अध्ययनरत छन्, पछि यसै क्षेत्रमा
आउन चाहने जोसुकैलाई मेरो आफ्नो जीवनको लामो
चरणबारे बताउन चाहन्छु । यो चरण दशको लामो चरण
हो । भर्खरका बालबालिका विद्यालय आउने समयदेखि
लिएर उनीहरू वयस्क भई आफ्नो माध्यमिक शिक्षा पूरा
गर्दासम्मको समय वा आफ्नो जीवनको नयाँ चरणमा
पाइला राख्दासम्मको समयबारे बताउन चाहन्छु । यो यस्तो
चरण हो, जतिबेला एउटा निर्दोष बालक पनि वयस्क
मानिस बनिसकेको हुन्छ । यसको व्यक्तित्व अनि चरित्र
व्यापक मात्रामा निर्माण भइसकेको हुन्छ । शिक्षकको
लागि यो उनको जीवनको एक निकै ठूलो चरण
बनिसकेको हुन्छ । यदि मलाई कसैले जीवनमा सबैभन्दा
महत्त्वपूर्ण कुरा के भनी सोध्नुहुन्छ भने, बिनासोच-विचार
मेरो सहज जवाफ हुन्छ- बालबालिकासँगको प्रेम ।

वसीली सुखोम्लीन्स्की

Book Title बाल-हृदयको गहिराइ /Baal -Rhidayako gahirai
Authorवसीली सुखोम्लीन्स्की
ISBN9780936385460
Edition LanguageNepali
Published Year2022
PublicationIndigo inc.
Pages365
Category अनुवादित सामग्री दर्शन शिक्षा