Shopping Cart
बाँसुरीको धुन / Bansuriko Dhun

बाँसुरीको धुन / Bansuriko Dhun

-बाँसुरीको धुनले दिन खोजेको सन्देश के हो ?

मानिस विकास भनेपछि हुरुक्क हुन्छ है ? तर विकासको आवरण भनौं वा खोलभित्र कति हृदयको नास भएको होला ?
मानिसको हाँसोभित्र कति पीडा लुकेका होलान् ?

अपराधीहरूसँगको साझेदारीमा हुने विकासको परिणाम के होला ? कल्पना गर्न सक्नुहुन्छ ?
जन्मदिने बाबुआमा छिटो मरिदिए स्वतन्त्र हुन पाइन्थ्यो भन्ने सोच कति मानिसमा होला ? कल्पना गर्न सक्नुहुन्छ ?

बाहिर हेर्दा सुसंस्कृत मानिस, चिटिक्क परेको अवस्थाभित्रको वास्तविकता हेर्दा के पाइन्छ होला ?
के देखिने सुन्दर फूलहरू गुणकारी नै हुन्छन् ?

मानिस उमेर बढ्दैमा बुढो हुन्छ ? बाल्यकालमा रोपिएको बिउ कहिलेसम्म उम्रन सक्ला, फल्न सक्ला ?
हाम्रा आँखाले देखेका दृश्य वास्तविक हुन्छन् ? कुनै वस्तु वा व्यक्तिप्रति हुरुक्क भएको मानिसमा किन विमुख हुन खोज्दो हो ? केले बढाउँदो हो वैमनस्य ?

कसैले कसैलाई बधाई भन्दा उसका मनभित्र के खेल्दो हो ? मुखले बधाई बोल्दा मनले के बोल्दो होला ?

मानिसले आफूबाट भएको कमजोरी महसुस गर्नु पर्दा र व्यक्त गर्न कति कठिन हुँदो हो ?

मानिस आफैँले आफैँलाई कसरी खुसी खुसी जेलमा राख्न पुग्छ होला ? के यो सम्भव छ ?

के सिंहासनमा विराजमान मानिस साँच्चिकै खुसी हुन्छ होला ? के मनमोहक सुन्दर फूलहरू खुसी वा सुखी पनि होलान् ?

मानिस शक्तिका भोका दखिन्छन् । तर के एकछत्र शक्तिमा रहेको मानिस पनि रमाइरहेको हुनसक्छ ? शक्तिले मानिसलाई कसरी रसातलमा पु¥याउन सक्छ ? के पढाइले मानिसलाई सबै कुरा दिनसक्छ ?

औपचारिक पढाइ नलिएको मानिस साँच्चै अशिक्षित हो ?

आफन्त को हो ? सम्बन्ध के हो ? देखिने र नदेखिने वास्तविकताबिच कति फरक छ ? के सम्पत्ति हुनु सुख हो ? नहुनु दुःख हो ? सुख के हो ? दुख के हो ?

सम्पन्नता के हो ?
के सम्पन्नताले मानिसलाई खुसी दिनसक्छ ?
बाघले माया गरेर अँगालोमा च्याप्यो भने के होला ? भनिन्छ नि, दुनियाले हेला गरेको मानिसलाई प्रकृतिले पनि ठगेरै छोड्छ । कसरी ?

Book Title बाँसुरीको धुन / Bansuriko Dhun
Authorटिकाराम रेग्मी
ISBN9789937163361
Edition LanguageNepali
Published Year2024
PublicationSunbarshi Book House
Pages210
Category कथा