Shopping Cart
भोल्गा देखि गंगासम्म । Bholga Dekhi gangasamma

भोल्गा देखि गंगासम्म । Bholga Dekhi gangasamma

मानव जातिको उत्पत्ति र सभ्यताहरूको विकासक्रमका बारेमा द्वन्द्वात्मक भौतिकवादी कोणबाट लेखिएको यो कृति यस शताब्दीकै गहन र विशिष्ट खोज मानिन्छ । यसमा ऋषिहरू वशिष्ठ, विश्वामित्र, दार्शनिक अरस्तुदेखि विश्वविजेता अलेकजाण्डरसम्मका विचार र जानकारीहरू रोचक कथात्मक शैलीमा प्रस्तुत छ ।
ईश्वर र राजतन्त्रको उत्पत्ति कसरी भयो भन्नेबारे ऐतिहासिक तथ्य खोतलेको यस कृतिमा मानवतावादी दर्शन छ । हिन्दू, क्रिश्चयन, बौद्धदेखि इस्लामसम्मका धर्म समुदायहरूको उत्पत्तिबारेका सन्दर्भले पाठकलाई रोमान्चित बनाउँछ ।
यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ । प्रस्तुति औपन्यासिक भए पनि आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरूले पाठकलाई अर्कै लोकमा पुऱ्याउँछ ।

Book Title भोल्गा देखि गंगासम्म । Bholga Dekhi gangasamma
Authorराहुल साङ्कृत्यायन
ISBN9789937712361
Edition LanguageNepali
Published Year2019
PublicationManjari Prakashan
Pages425
Category अनुवादित सामग्री प्राज्ञिक पुस्तक सन्दर्भ पुस्तक