Shopping Cart
विद्यालय सुपरिवेक्षण /bidhyalaya suparivekshen

विद्यालय सुपरिवेक्षण /bidhyalaya suparivekshen

आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाको एउटा प्रमुख लक्ष्य विद्यालयस्तरको शिक्षामा गुणात्मक विकास गर्नु हो । शिक्षाको गुणात्मक विकासका लागि विद्यालयहरूमा सुपरिवेक्षण कार्य गरिन्छ । हाल हाम्रो शिक्षा व्यवस्थापनमा सुपरिवेक्षण कार्य विद्यालय निरीक्षक र स्रोतव्यक्तिहरूबाट हुन्छ ।

विद्यालय निरीक्षक र स्रोत व्यक्तिहरूमा विद्यमान सैद्धान्तिक ज्ञान र सीपलाई नवीकरण गर्न तथा सम्बन्धित विषयका आधुनिक धारणा र प्रविधिसँग परिचित रहिरहन अध्ययनलाई निरन्तरता दिनु पर्दछ । यसका लागि अध्ययन सामग्रीको आवश्यकता पर्दछ । अध्ययन सामग्रीको यो आवश्यकतालाई 'विद्यालय सुपरिवेक्षण (स्रोत सामग्री।' नामक यस पुस्तकले केही मात्रामा पूरा गर्नेछ भन्ने ठान्दछु। यो सामग्री विद्वान्हरूबाट तयार गराई प्रकाशन गर्न लागेकोमा आ.प्रा.शि.प. स्रोतकेन्द्र विकास एकाइलाई धन्यबाद छ ।
विभिन्न क्षेत्र, जिल्ला र स्रोत केन्द्रहरूमा कार्यरत शैक्षिक प्राविधिकहरू समक्ष यो सामग्री पुग्न सकोस्। प्राप्तकर्ताले पनि यसको अध्ययन र प्रयोग गरेर आफ्‌नो दक्षता वृद्धि गर्न सकून् र विद्यालयका कक्षाहरूको शैक्षणिक क्रियाकलापमा सुधार ल्याउन थप सहयोग मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

-खेमराज रेग्मी शिक्षा सचिव

Book Title विद्यालय सुपरिवेक्षण /bidhyalaya suparivekshen
Authorसोपान मासिक
Edition LanguageNepali
Published Year2014
PublicationMakalu publication house
Pages364
Category इतिहास शिक्षा