Shopping Cart
दरबारबाट देखेको नेपाल / Darbarbat Dekheko Nepal

दरबारबाट देखेको नेपाल / Darbarbat Dekheko Nepal

संस्मरण पुराना घटना र मानव अनुभूतिलाई ताजा बनाइराख्न आवश्यक पर्ने महत्त्वपूर्ण कुराहरूको उल्लेख वा कथन हो। कुनै पनि संस्मरणले एउटा व्यक्तिको आँखाबाट इतिहासको छायाङ्कन गरिरहेको हुन्छ । यस विधाका माध्यमबाट मानव समाजका दिग्गजहरूले आफ्नो जीवनका महत्त्वपूर्ण र कठोर पक्षको खुलासा गरिरहेका हुन्छन् । पूर्व सैनिक सचिव, रथी विवेक कुमार शाहद्वारा लिखित दरबारबाट देखेको नेपाल पनि त्यस्तै संस्मरण हो ।

दोस्रो संस्मरण कृति दरबारबाट देखेको नेपालमार्फत रथी शाहले राजदरबारबाट बाहिर चियाउनु भएको छ । जसमा तीन राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र) को राजकाज र कार्यशैलीलाई नजिकबाट नियाल्नुभएको छ । देशको भौगोलिक अवस्था, राजनीतिक, आर्थिक, प्रशासनिक र सामरिक फाँटका अनेक प्रसङ्ग उजागर गर्नुभएको छ । लेखक शाहले निश्चित परिधिमा रहेका मानिसबाहेक अरूले थाहा नपाएका जानकारी यस पुस्तकमार्फत सार्वजनिक गर्नुभएको छ । सक्रिय राजतन्त्र हुँदा पञ्चायती व्यवस्थाका समर्थकले र संवैधानिक राजतन्त्र हुँदा जनप्रतिनिधिहरूले गर्ने क्रियाकलापलाई दरबारले कसरी हेर्थ्यो भन्ने प्रसङ्गहरू यस कृतिका चाखपरक पक्ष हुन् ।

समग्रमा दरबार, राजनीतिक दल र तिनका नेताहरूबीचको शंका र स्वार्थहरूलाई सम्झनाका तरेलीमार्फत उतारिएको छ । राजनीति र शासनतन्त्रमा देखेभोगेका विकृत केही घटना र क्रियाकलापहरू अब नदोहोरिउन भन्ने उद्देश्य राखेर यो पुस्तक लेखिएको छ ।

Book Title दरबारबाट देखेको नेपाल / Darbarbat Dekheko Nepal
Authorविवेक कुमार शाह
ISBN9789937775632
Edition LanguageNepali
Published Year2024
PublicationSangrila Books
Pages335
Category संस्मरण