Shopping Cart
Doctor Chitra | डाक्टर चित्र

Doctor Chitra | डाक्टर चित्र

प्रिय छोरीहरू,
धेरैधेरै माया अनि सम्झना ।
.... तिमीहरूलाई राम्रो गार्जियनसिप दिएर सहयोगी, सुशील तथा दश र जनताप्रति वफादार नागरिक बनाउने तथा नारी सशक्तीकरणको लागि अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो; चाहे त्यो डाक्टर भएर होस्, चाहे इन्जिनियर भएर वा हाउसवाइफ नै भएर किन नहोस् । तर दैवको लीला, तिमीहरूलाई मेरो रोगबारे थाहा छैन । थाहा पाउनुअगाडि नै मैले यो संसार छाडिसकेको हुनेछ । ........


छोरीहरू, म डाक्टर भएकोले के अनुभव छ भने, यो क्षेत्रमा धेरै कठिनाइ भए पनि इमानदार भएर काम गर्ने हो भने जनताको सेवा पनि हुन्छ अनि इज्जत र सम्मान पनि पाइन्छ । तिमीहरूको बाबा डाक्टर भएर समाजसेवामा लाग्यो । तर, केही सपना अधुरै रहने भए, जसलाई तिमीहरूले साकार पार्नेछौ । तिमीहरूले दीनदुःखीको सेवामा जीवन समर्पित गर्नेछौ, ताकि तिमीहरूको उपस्थितिमा असहाय, गरीब तथा सबै थरीका मान्छे खुशी होऊन् । सबैभन्दा ठूलो कमाइ भनेको त्यही हो, नानीहरू ! यस्तो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । यो त मन जितेर लिने कुरा हो । ... ...
तिमीहरूलाई माया गर्ने बाबा डा. चित्रप्रसाद वाग्ले राजीव गान्धी क्यान्सर अस्पतालको बेड, नयाँ दिल्ली

Book Title Doctor Chitra | डाक्टर चित्र
AuthorRookmangud Katawal
ISBN9789937007399
Edition LanguageNepali
Published Year2016
PublicationPhoenix Books
Pages292
Category संस्मरण