Shopping Cart
एक हातको ताली/Ek Haatko Taali

एक हातको ताली/Ek Haatko Taali

निबन्ध लेख्नेहरू धेरै छन्, निबन्धकार भने थोरै । यिनै थोरै भित्रका अद्वितीय अनुहार हुन्, युवराज नयाँघरे ।

उनी निबन्धकार देवकोटा पनि होइनन् र शङ्कर पनि । त्यस्तै ओडेन र ब्रेख्त पनि होइनन् । तर उस्तै विचार, सिर्जनात्मकता, नयां दिशाहरूको खोजी, अनुशीलन र प्रयोग गर्ने शिल्पी भने हुन् ।

बदलिंदो प्रवृत्ति र विचारहरूको अनुसरण गर्दै आफूलाई समसामयिकताको सेरोफेरोमा समुपस्थित गर्ने नवीनताप्रति निकै जिज्ञासु नयाँघरे प्रकृतिप्रेम, पहाडी जीवनको सरलता, सौन्दर्यद्वारा उद्वेलित मन एवम् मानवीय पीडाप्रति संवेदनशील छन् र सामाजिक विसङ्गति, यथार्थताहरूको व्यङ्ग्यात्मक प्रतिबोधले उद्बोधित पनि ।

सामयिक परिवर्तन, प्रवृत्तिहरूको सापेक्षतामा सिर्जनात्मक प्रयोग गरेर मौलिकतासहित प्रस्तुत हुने निजात्मक वैशिष्ट्यका निपुण स्रष्टा नयाँघरेको एक हातको ताली नेपाली निबन्धमालाको अनुपम कृति हो ।

Book Title एक हातको ताली/Ek Haatko Taali
Authorयुबराज नयाघरे
ISBN9789937753142
Edition LanguageNepali
Published Year2008
PublicationBook Hill
Pages234
Category निबन्ध