Shopping Cart
फोक्लान्ड जर्नल । fokland jarnal

फोक्लान्ड जर्नल । fokland jarnal

खोटाङको डम्बर्खु, शिवालयमा २०१७ सालमा जन्मेका गणेश राई स्कुले जिबनदेखि साहित्यलेखनमा लहसिएका थिए । तर, बेलायतको गोर्खा सेनामा आबद्ध भएपछी उनको साहित्यकर्म प्रेरणा र प्रकाशनको अवसरबाट बन्चित भयो । कलमको ठाउँ राइफलले लियो । फौजी जीवनबाट सेना नियुक्त भयपछि भने उनको लेखन उर्जा को मूल फुट्दै गयो । छ-सात बर्ष को अवधिमा एउटा कवितासंग्रह राइफलले फलाकेको जिन्दगि तथा तिन वटा उपन्यास राइफलको नालबाट जीवन निहाल्दा, युद्ध एम्बुसमा राइफलको संगीत र राइफलको मुर्छना गरि चार कृति उनले प्रकासित गरे । उपयुक्त कृतिहरुझैँ फोक्लाण्ड जर्नल पनि युद्ध साहित्य नै हो, जसमा उनले दक्षिणी आन्द्र महासागरस्थित एउटा टापूका लागि अर्जेन्टिना र बेलायतबीच सन् १९८२ मा भएको युद्धको विवरण प्रस्तुत गरेका छन् । त्यो युद्धमा गोर्खा फौजको क्रुरता र अमानवियता प्रदशन गरेको थियो भनि ल्याटिन अमेरिकी देशहरुले अधापी लगाउदै आएको आरोप सवथा झुटो रहेको उनले सम्प्रमाण उल्लेख गरेका छन् । एउटा सैनिकका रुपमा आफुसमेत संलग्न फोकल्याण्ड युद्धको यथार्थलाई उनले विश्वनीय किसिमले प्रस्तुत गरेका छन् ।