Shopping Cart
जीव,ईश्वर र मानिस / Jiv, Ishwor Ra Manis

जीव,ईश्वर र मानिस / Jiv, Ishwor Ra Manis

ज्ञान, विज्ञान, अध्यात्म अनि आत्मज्ञानको बाटो समाएर अन्तिम गन्तव्य ब्रह्मज्ञानमा पुग्न खोज्ने जीव र जगत्‌को यात्रा वर्णन जस्तो छ सुवर्ण हुमागाईंको पुस्तक जीव, ईश्वर र मानिस । अनुत्तरित प्रश्नबाट थालनी गरेर ब्रह्मप्रलयमा जलभित्रको हिरण्यगर्भको अण्ड स्वरूपबाट जीवको विकास हुने चेतनामा टुंगिएको यस ग्रन्थमा ईश्वरलाई केन्द्रमा राखिएको छ - शीर्षक र विषयवस्तु दुवैमा । जीव र मानिस तिनै ईश्वर र तिनको वासलोकबाट प्राप्त हुने भनिएको चेतना ऊर्जाको खोजी, आस र प्राप्तिबीचको संघर्षपूर्ण यात्रामा निरन्तर लागेका हुन्छन् । उक्त सत्यलाई हुमागाईंले आत्मपरक ढंगले उधिनेर सत्यरस पान गर्ने र ईश्वर र ऊर्जाको साक्षात्कार गर्ने विश्वास जगाएका छन् । जीव जगत्‌को बृहद् सन्दर्भमा मानव एउटा सीमित आयतनको विषय हो । तर प्राणी जगत्‌को परिदृश्यमा मानव मात्रै जन्म-भोग-विलास-वंशविस्तार र अवश्यम्भावी मृत्युबाट माथि उठ्ने सतत प्रयासमा लागिपरेको छ, भौतिक सीमाहरू तोड्दै जैविक शरीरबाट मुक्त हुने उपायको खोजमा तल्लीन छ । यसै मार्गलाई पछ्याउँदै ईश्वरको परिकल्पनामा पुग्छ मानव । अध्यात्म, आत्मज्ञान, विज्ञान मानव उपलब्धि हुन्, जीवतत्त्वको उपासना नै ईश्वरप्राप्ति हो । सुवर्ण हुमागाईंको प्रस्तुति मननीय छ ।

प्रा. डा. श्रीधरप्रसाद लोहनी

Book Title जीव,ईश्वर र मानिस / Jiv, Ishwor Ra Manis
Authorसुवर्ण हुमागाई
ISBN9789937926959
Edition LanguageNepali
Published Year2024
Pages356
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक