Shopping Cart
खुसी बालबालिका र अभिभावक / Khusi Balabalika Ra Abubawak

खुसी बालबालिका र अभिभावक / Khusi Balabalika Ra Abubawak

यो पुस्तक सानो हिमाली देश भुटानको कुल राष्ट्रिय खुसीको सिद्धान्तमाथि आधारित रहेर युवा आमाबाबु भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबाबुलाई खुसी गराउन, तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउने कुरामा केन्द्रित छ । त्यसैगरी यो पुस्तकले बालबालिकामा आफैभित्र, अरूसँग, प्रकृतिसँग र यस अनन्त जगत्सँग तादात्म्य राख्ने क्षमता र खुसी बढाउने विषयलाई समेटेको छ ।

यो पुस्तक सानासाना कुरा ख्याल गर्दै दैनिक जीवनमा गरिने अनेकन काम खास उद्देश्य र सचेतनाका साथ गर्ने विषयसँग सम्बन्धित छ । यसबाट हाम्रा बालबालिकालाई गर्भमा आउँदादेखि हुर्कने उमेरसम्ममा असल चालचलन र सोचविचार विकास गराउन सकिन्छ । यसले ती बालबालिका उनीहरूको वातावरण अनुकूल स्वस्थ, सहज र आदर्श जीवन जिउन सक्षम हुन्छन् ।

यस पुस्तकमा केही त्यस्ता विचार र अभ्यास प्रस्तुत गरिएका छन् जुन आधुनिक जीवनशैलीका नाममा प्रकृति र ऋतु परिवर्तनसँग कुनै तालमेल नहुने एकै प्रकारको दैनिकीभन्दा फरक छन् । कसैले यी विचार र अभ्यासलाई पुरातन र समयसँग मेल नखाने पनि भन्न सक्छन् । तर कतिपय विषय निरन्तर चल्ने हुन्छन् । हाम्रो अहिलेको आधुनिक भनिने संसारले पनि बिस्तारै प्रकृतिको महत्त्व बुझ्दै छ । यससँग हाम्रो अन्तरसम्बन्ध भएकाले हामीमा स्थापित पनि हुँदैगएको छ । म मेरा पाठकलाई बन्द ढोकाको चाबी खोजेर सधैं त्यसलाई उघारै छोड्न सल्लाह दिन्छु । खुला मस्तिष्कले यस पुस्तकका पानामा दिइएका विचार र अभ्यासहरूमा पुग्नुहोस् । चमत्कारलाई भित्र पस्न दिनुहोस् । यसलाई महिना दिन, छ महिना, वर्ष र दशकौँ अभ्यास गर्दै जानुहोस् ।

Book Title खुसी बालबालिका र अभिभावक / Khusi Balabalika Ra Abubawak
Authorडा. साम्दु क्षेत्री
ISBN9789937737791
Edition LanguageNepali
Published Year2023
PublicationKathalaya Inc.
Pages263
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक