Shopping Cart
Ma Stri Arthat Aaimai | म स्त्री अर्थात् आइमाई

Ma Stri Arthat Aaimai | म स्त्री अर्थात् आइमाई

  • Seema Abhas
    Writen bySeema Abhas
  • PublisherManjari Prakashan
  • Year2016

कविताको यौटा राम्रो स्कुलिङबाट आएकी कवि लाग्छिन् सीमा आभास । उनको कवितामा नारी निर्भयता र साहस सराबरी खेल्छन् । कुनै काव्यिक इन्सोम्नियाबाट आएका कविता पनि छन् कति, जहाँ ध्यानको अवस्थामा पर्साना बोल्छ | कविताको आन्तरिक लयसहित, बिम्ब र प्रकृतिको खेलसहित यति प्रस्ट वैचारिक कविता हाम्रो साहित्यमै कम लेखिएका छन् । निराशा र कमजोर प्रेमबाट टाढाटाढे उज्यालो, वीरहरूको मैदानमा प्रायः उनको खेल छ । आँसुभन्दा गर्जन, निरीहताभन्दा साहसको दुःख, सम्झौताभन्दा हुङ्कार, बिलौनाभन्दा भड्काउ उनका कविताको खास चरित्र हो । अन्तरको संवेदना तीक्ष्ण भएर उनका कविताभरि छरिन्छन्। भू॒ पढ्न सीमा आभास पढ्नैपर्छ । रिमालको 'एक जुगमा एक दिन'ले जसरी युगभर हेपिएर सीमान्तको कोमामा गएकालाई उनका कविताले आन्दोलित गर्छन् र जीवनको लयमा फर्काउँछन् । उनका कविताको त्यो तागत म स्वयम् गहिरोमा महसुस गर्छ ।
- मनु मन्जिल

Book Title Ma Stri Arthat Aaimai | म स्त्री अर्थात् आइमाई
AuthorSeema Abhas
ISBN9789937911320
Edition LanguageNepali
Published Year2016
PublicationManjari Prakashan
Pages110
Category कविता