Shopping Cart
माधवी । Madhavi

माधवी । Madhavi

महाभारतको उद्योग पर्वमा भएको गालव र माधवीको कथा नै यस उपन्यासको मूल विषय हो।
विश्वमित्रसँग गुरूदक्षिणाका लागि गालवले हठ गरेपछि आजित भएर उनले काला कान भएका चारवटा सेता घोडा ल्याउन आदेश दिन्छन् । 
श्यामकर्ण घोडा नभएका अहिछत्रका राजा ययातीले आफ्नी पुत्री माधवी नै गालवलाई सुम्पिन्छन् ।
श्यामकर्ण घोडा भएका राजासँग सम्भोग गरी तेजस्वी सम्राट-पुत्र जन्माउने र गालवलाई चारवटा श्यामकर्ण घोडा दिलाउने जिम्मा माधवीको हुन्छ ।
विराट सेटिङमा लेखिएको यस शक्तिशाली उपन्यासमा तीन हजार वर्ष पहिलेको उत्तरभारतीय समाजका पाँच राज्य र १९ गणका ऑर्थिक, सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ। 


पूर्वीय समाजबाट दासप्रथा कसरी उन्मूलन भयो भन्ने देखाउनु नै यस उपन्यासको मूल उद्देश्य हो।

Book Title माधवी । Madhavi
Authorमदनमणि दीक्षित
ISBN9789937753012
Edition LanguageNepali
Published Year1984
PublicationBook Hill
Category उपन्यास