Shopping Cart
Mahabharat Katha | महाभारत कथा

Mahabharat Katha | महाभारत कथा

पूर्वीय दर्शनका अध्येताहरूमा श्री चक्रवर्ती राजगोपालाचार्यको नाम निकै सम्मानित रूपमा लिइन्छ । वेदव्यासद्वारा संस्कृतका श्लोकमा वर्णित महाभारत महाकाव्यलाई राजगोपालाचार्यले सामान्यभन्दा सामान्य पाठकले बुझ्ने गरी कथाका रूपमा वर्णन गरेका छन् । सुरूमा तमिल भाषीहरूका लागि लेखिएको यो कृति हिन्दी हुँदै नेपाली भाषामा अनुवाद गरिएको हो । यसको श्रेय संस्कृत साहित्यका विद्वान दुण्ढिराज कोइरालाले पाउनुभएको छ ।

कोइरालाको अनुवाद निकै सरल भइकन पनि उच्चकोटिको छ। खप्तडबाबा र धर्मशास्त्राचार्य बदरीनाथ भट्टराईले समेत उहाँको अनुवादशैलीको प्रशंसा गर्नुभएको छ । महाभारतका पात्र-पात्राका चरित्र, घटनाक्रम र त्यसमा निहित नैतिक एवम् व्यावहारिक ज्ञानलाई सजिलो गरी बुझ्न यो कृति निकै उपयोगी छ ।

Book Title Mahabharat Katha | महाभारत कथा
AuthorDhundiraj Koirala
ISBN9789937006064
Edition LanguageNepali
Published Year1995
PublicationManjari Prakashan
Pages351
Category धार्मिक