Shopping Cart
मन/Man

मन/Man

पेशाले चार्टड एकाउण्टेन्ट सञ्जु अधिकारीको २०७७ सालमा प्रकाशित आख्यान 'इन्द्रेणी स्पर्श' पछिको यो दोस्रो कृति हो 'मन' । हरेक अक्षरमा व्यक्तिका मनका भाव उतार्न सक्ने सञ्जुले यस कविता सङ्ग्रहमा मानिसका मन छुने एक सय आठ कविता पाठकसामु पस्केकी छन् । उनको यो कृति प्रेम र प्रकृतिको सङ्गम हो । प्रेममा चाहनादेखि समर्पणसम्म र ममतादेखि परिवारसम्म समेटिएका छन् भने प्रकृतिमा सम्पदादेखि करूणासम्मका भावहरू छन् ।

काठमाडौँमा जन्मेर नेपाल र विदेशमा अध्ययन गरेकी उनले नेपाली र अङ्ग्रेजी भाषामा साहित्यका साथै आफ्नो ज्ञान र अनुभवका बारेमा समेत नियमित पत्रपत्रिकामा कलम चलाउने गरेकी छन् । पुस्तक र लेखका अतिरिक्त सञ्जुका शब्दका दुई सुमधुर गीत 'कल्पिन्छु म र मेरो हाँसो बनिदेऊ न ।' समेत सङ्गीतबद्ध भइसकेका छन् ।

Book Title मन/Man
Authorसञ्जु अधिकारी
ISBN9789937162685
Edition LanguageNepali
Published Year2024
Pages152
Category कविता