Shopping Cart
मनसुन । Mansoon

मनसुन । Mansoon

सोचेजस्तै जो पाउँछु, उसैसंग जीवन बिताउछु । यस्तै सपना पाल्थे । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कँहा हुन्छ ?र सोच्ने गर्थे, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्किने हो ?
एउटा धमिलो चित्र कोरेको थिए मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस र नाच्न थालोस । नाच्न पनि को-को आएनन मेरो मनमा ! मानौ, मेरो मन एउटा खुला स्टेज हो । मानौ, रोदिको आँगन हो ।
तर, कोहि पाउछन, बिनापारिश्रम, चाहेकै कुरा । कोहि देखिरहन्छन सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन आधा-अधुरा । आ-आफ्नो भाग्यको कुरा ।

Book Title मनसुन । Mansoon
Authorसुबिन भट्टराई
ISBN9789937746731
Edition LanguageNepali
Published Year2016
PublicationFineprint Books
Pages295
Category उपन्यास