Shopping Cart
नेपाली साहित्यको इतिहास। Nepali Sahityako Itihas

नेपाली साहित्यको इतिहास। Nepali Sahityako Itihas

नेपाली साहित्यको इतिहास र समालोचना धेरैले लेखेका छन् । तर झर्रोवादी अभियन्ता डा. तारानाथ शर्माको जस्तो प्रष्ट भएर, लोलोपोतो नगरी बिरलैले लेखेका छन् ।
खरा समालोचक शर्माले यस कृतिमा साहित्यिक इतिहासका मोडहरू र आन्दोलनहरूको सटिक विवेचना गरेका छन् । कतिपय वाद-वालाहरू र सर्जकहरूको त हुर्मत नै लिएका छन् । यद्यपि उत्कृष्ट सिर्जना र असली सर्जकहरूप्रतिको उनको आदरभाव पनि यथेष्ट मात्रामा भेटिन्छ ।
चाकडी र चाप्लुसीले संस्कारगत मान्यता पाउँदै गएको समाजमा यो कृतिको महत्व अरू बढ्न गएको छ । भाषा-विकासको आदिकालदेखि वर्तमानसम्म समेटिएको यो कृति नेपाली भाषा-साहित्यको इतिहास जान्न चाहनेका लागि साँच्चै पठनीय र सङ्ग्रहणीय छ ।

Book Title नेपाली साहित्यको इतिहास। Nepali Sahityako Itihas
Authorडा. तारानाथ शर्मा
ISBN9789937712521
Edition LanguageNepali
Published Year2019
PublicationManjari Prakashan
Pages351
Category इतिहास