Shopping Cart
नेपालको चिनारी | Nepalko Chinari

नेपालको चिनारी | Nepalko Chinari

स्वीट्जरल्याण्डको लसनेमा सन् १८१७ मा जन्मिएका होनी हागनले तालिम र जिला भूगर्भशास्त्रमा पाएका हुन्। भूगर्भशास्त्री हैसियतले स्वीस अगुवा टोलीको सदस्यका रुपमा उनी नेपाल सन् १८५० मा पहिलोपटक आएका थिए। आफ्नो शासनको अन्तिम घडी गनिरहेका राणाहरूले नेपालमा सुनखानी पत्ता लगाउने उद्देश्यले स्वीस टोलीलाई सिकाएका थिए। त्यस्तो सुनखानी त पत्ता लागेन तर टोनी हागनले नेपाल नामक यस मुलुकको अद्भुत प्राक्तिक तथा सास्कृक्तिक सौन्दर्य फेला पारे । त्यस सुन्दरतालाई आफ्नो चित्रमय पुस्तकको माध्यमद्वारा प्रस्तुत गरेर उनले यस हिमाली मुलुकलाई विश्वसामु चिनारी गराए ।

सन् पचासको दशकमा सात वर्ष विशेषज्ञका रूपमा पहिले नेपाल सरकारको करारमा र पछि संयुक्त राष्ट्रसङ्घअन्तर्गत काम गदां उनी नपुगेको नेपालको पहाड, तराई र हिमालको कुनै कुना थिएन। त्यसपछिका चार दशकमा पनि नेपाल डा टोनी हागनको अध्ययनको केन्द्रीय विषय रहिरह्यो । त्यसैले यस पुस्तकमा लेखकले एकातिर पचास वर्षअधिको नेपालको चित्रण गरेका छन् भने अकातिर सन् १८८० को दशकसम्म आइपुग्दा नेपालले हासिल गरेको सफलता र विफलताको आकलन पनि गरेका छन्।