Shopping Cart
नेपालको इतिहासमा अमरसिंह थापा / Nepalko itihasma amarsing thapa

नेपालको इतिहासमा अमरसिंह थापा / Nepalko itihasma amarsing thapa

नेपाल एकीकरण अभियानमा समर्पित वीरमध्ये अमरसिंह थापाको नाउँ उच्च स्थानमा छ। अमरसिंहहरूकै नेतृत्वमा गोर्खाली सेनाले पाल्पादेखि काँगडा-पश्चिममा रहेको रावी नदीसम्मको इलाका नेपालमा गाम्ने काम गरेको थियो ।

थापा सुगौली सन्धि हुनुअघिसम्म करिब १६ वर्ष कुमाउ सतलज इलाकाको प्रमुख प्रशासक पनि भए । त्यस समयको बृहत् नेपालको पहिलो नक्सा तयार पार्न काम उनै थापाले गरेका हुन् । तत्कालीन शासकहरूको अदूरदर्शिताका कारण अङ्ग्रेजहरूसँग नेपालको युद्ध हुन गयो । आफ्नो इच्छाविपरीत भएको उक्त युद्धका कारण ठूलो भूभाग गुमाउनुपरेपछि उनी बिरक्तिए । र सैनिक सेवाबाट अवकाश लिएर गोसाइँकुण्डमा गई देहत्याग गरे ।

इमान, निष्ठा र वीरताका प्रतिमूर्ति मानिने उनै अमरसिंहको जीवनीमा आधारित यस पुस्तकले त्यो कालखण्डको झलक प्रस्तुत गर्छ ।

Book Title नेपालको इतिहासमा अमरसिंह थापा / Nepalko itihasma amarsing thapa
Authorसूर्यविक्रम ज्ञावाली
ISBN9789937790062
Edition LanguageNepali
Published Year2023
PublicationFineprint Books
Pages150
Category इतिहास