Shopping Cart
पानीफोटो/Paniphoto

पानीफोटो/Paniphoto

पानीफोटो नाटक हेरिसकेपछि एक युवकले निर्देशक खगेन्द्र लामिछानेलाई थरथराउँदो स्वरमा भने, बेपत्ता पारिएका मेरा दाइ र दिदीलाई सम्झाइदिनुभयो तपाईले । ती युवकको नाम खगेन्द्रले बिर्सिए। तर उनका आँखामा युवकको धमिलो आकृति रहिरह्यो । युवकको भावनासँग उनको भावना पनि मिसियो । अनि रसाए उनका आँखा, जसरी रसाएका थिए युवकका आँखा । त्यति बेला उनले कहिल्यै नदेखेका आफ्ना मामा सम्झिए । अनि सोचे, सायद मेरी हजुरआमा पनि आफ्ना हराएका छोराका दाँवलीहरू देख्दा यसरी नै झम्टिएर रुनुहुन्थ्यो ।

एकछिनको गफगाफपछि ती युवक बिदा भएर हिँडे। तर खगेन्द्रका रसिला आँखाले तिनलाई पछ्याइरहे । त्यसपछिका दुईतीन रात उनलाई राम्ररी निद्रा पनि परेन । खाटा बसिसकेको अरूको घाउ किन कोट्याएँ ! किन अरुको चित्त दुखाएँ भनेर उनलाई ग्लानि भइरह्यो । अनि आँसु र आशासहित आफन्त पर्खिरहेका कैयौ नेपाली खगेन्द्रका आँखामा घुमिरहे । उनलाई लाग्यो, यो कथा युद्ध भोगेका/नभोगेका सबैले हेर्नुपर्छ । युद्धले समाजमा ल्याउने भय, वेदना र अत्यास तिनले महसुस गर्नुपर्छ । उनले अठोट गरे, 'यही नाटकलाई आधार बनाएर एउटा सिनेमा बनाउनेछु ।

त्यसपछि बन्यो पानीफोटो सिनेमा ।

यस पुस्तकमा खगेन्द्रले नाटकदेखि सिनेमासम्मको यात्राकथा उतारेका छन् । कथालाई एउटा माध्यमबाट अर्कोमा लैजाँदा केके परिवर्तन गर्नुपर्छ, त्यो देखाएका छन् । यो पुस्तक नाटक र सिनेमाका विद्यार्थी, नाट्यकर्मी, फिल्मकर्मी र सिर्जनात्मक प्रक्रियामा रूचि राख्ने सबैका लागि रूचिकर हुनेछ ।

Book Title पानीफोटो/Paniphoto
Authorखगेन्द्र लामिछाने
ISBN9789937746922
Edition LanguageNepali
Published Year2023
PublicationFineprint Books
Pages252
Category मिडिया सन्दर्भ पुस्तक