Shopping Cart
पेरिस्कानो: एक अलौकिक गाथा/Parisscano Ek Alaukhik Gatha

पेरिस्कानो: एक अलौकिक गाथा/Parisscano Ek Alaukhik Gatha

प्रेम, पीआर र परिस्थितिको शिकार भएकी एउटी युवतीको मार्मिक र प्रेरक गाथा हो- पेरिस्कानो । नेपाली समाजमा हुर्किएकी सुबालाले जीवनमा आउने अनपेक्षित घुम्तीलाई कसरी ह्यान्डल' गर्छे, कसरी उसको जीवनदर्शनको ग्रन्थ निर्माण हुन्छ र उसले प्रेमको दिव्य-अवतार कसरी भेट्छे भन्ने कौतुहल उपन्यासमा छ।

विदेशको सपना बुनेका, भत्केका र पूरा भएकाले काल्पनिक तर सत्यसँगको स्पर्शी गाथा भेट्नेछन् । यसमा यौटा फरक लयमा बुनिएको प्रेमदर्शन, प्रेमघटना र जीवनको अकल्पनीय चित्रणका कारण यस उपन्यासले युवा पाठकलाई त छुने नै छ, अन्य उमेरका पाठकको हृदय पनि झङ्कृत गर्नेछ ।

Book Title पेरिस्कानो: एक अलौकिक गाथा/Parisscano Ek Alaukhik Gatha
Authorनिरू त्रिपाठी
ISBN9789937935159
Edition LanguageNepali
Published Year2020
PublicationBook Hill
Pages272
Category उपन्यास