Shopping Cart
पर्यावरणीय संकट/ Paryawaraniya sankat

पर्यावरणीय संकट/ Paryawaraniya sankat

वामपन्थी, प्रगतिशील युवा नेता तथा बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले लेख्नुभएको पर्यावरणीय सङ्कटः आठ अर्ब मानिसको साझा चुनौती पुस्तकमा लेखकले पूँजीवादी अर्थतन्त्रले विकास र औद्योगिकीकरणको नाममा गरेको प्राकृतिक स्रोतको अनियन्त्रित दोहन तथा निजीकरणले निम्त्याएको यो समस्या विश्वभरका गरिब जनताले भोग्नुपरेको बारे स्पष्ट शब्दमा रेखाङ्कित गरेका छन् । विश्वव्यापी रूपमा पूँजीवादले खडा गरेको विभेदयुक्त संरचना एवम् आर्थिक तथा वितरण प्रणाली र विकासको अवधारणामा आमूल परिवर्तन नगरेसम्म यो सङ्कट यसै हट्ने छैन ।

जलवायु परिवर्तनले निम्त्याएका समस्या र यसले गरिब तथा अल्पविकसित मुलकमा पारेको प्रभावलाई जलवायु न्यायको सङ्घर्षमा रूपान्तरित गरी नविकरणीय ऊर्जाको प्रयोग, कार्बन उत्सर्जनमा नियन्त्रण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र लाभको न्यायोचित वितरण गर्न सक्ने मार्क्सवादी समाजवादको अवधाराणाबाट मात्र यो सङ्कटबाट मुक्ति पाउन सकिन्छ भन्ने विचार आजको समयमा सान्दर्भिक छ । वातावारणीय सङ्कटको चौतर्फी आक्रमणबीच उभिएर समाधानको कडी पहिल्याउन तथा पर्यावरणीय सङ्कटको बृहत्तर विश्व दृष्टिकोणका लागि सबै पाठकले यो पुस्तक पढ्नैपर्छ ।
-डा. पपुलर जेन्टल, वन तथा वातावारण विज्ञ

Book Title पर्यावरणीय संकट/ Paryawaraniya sankat
Authorविशाल खड्का
ISBN9780936385444
Edition LanguageNepali
Published Year2023
PublicationIndigo inc.
Pages96
Category गैरआख्यान