Shopping Cart
Purwa Katha | पूर्व कथा

Purwa Katha | पूर्व कथा

बबरजङ सिकुवामा उल्ट्याएर राखेको हाँडी जस्तो छ, त्यहाँभित्र खानेकुरा छ कि भनेर चियाउली जस्ती सुधा छ । मेरा कुराको चुबुर्को राख्ने पात्र पनि भएन । म यस धरतीमा कहिल्यै पैदा पनि भएको थिएँ भन्ने कुराको द्योतक वस्तु के छ ? मानौ विक्रमको कानमा कसैले साउती मारेको होस्, "तिम्रो अस्तित्व अनुमान लगाउने हेतु ! पुत्र छँदैछ नि !", यो सुनेर उनी आफ्नो खिल्ली आफैं उडाए झै हाँसिदिन्थे । हो त नि, कसैको अस्तित्व धानिदिने अभिप्रायका लागि त सन्तति हो नि, सबैको इतिहास त कहाँ हुन्छ र ! जसले अतिमानवीय या अमानवीय काम गर्न सक्तैन त्यो त मानवमात्र भयो, मानवको इतिहास त कहाँ लेखिन्छ र !

Book Title Purwa Katha | पूर्व कथा
Authorराजेश्वर देवकोटा
ISBN9789937918664
Edition LanguageNepali
Published Year2018
PublicationLipi Books
Pages184
Category उपन्यास