Shopping Cart
पुष्कर शाह: संसारलाई साँढे पाँच फन्को/Puskar Shah Sansarlai Sadhe Panch Fanko

पुष्कर शाह: संसारलाई साँढे पाँच फन्को/Puskar Shah Sansarlai Sadhe Panch Fanko

आदमले सोधेजस्तो संसारमा जूनको आकार कहीं पनि फरक थिएन । ताराहरूको रङ फरक थिएन । सूर्य कहिल्यै फरक दिशाबाट उदाएन ।
न त भगवान् बुद्धको अर्कै जून उदायो । न त अल्लाहको अर्कै सूर्य उदायो ।
न त जिससको अर्कै आकाश देखियो !
न त करोडौं भगवान् भएका हिन्दूहरूको छुट्टै संसार भेटियो ।
संसारमा म जहाँजहाँ पुगें, त्यहाँ एउटै सूर्य, एउटै चन्द्रमा र एउटै आकाश देखें।
हरेक आस्थाका मान्छेहरू एकाबिहानै संसारको पहिलो सूर्योदय हुने ठाउँमा गयौं भने पनि त्यहाँ त्यही एउटै सूर्य उदाउनेछ, जुन मैले संसारका थुप्रै गोलार्द्धमा देखें ।
हरेक आस्था, विचार, रङ्गका मान्छेहरूले उही ताप र उही उज्यालो उही समयमा पाउँछन् ।
प्रकृतिले हामीलाई कहिल्यै विभाजन गरेको छैन, न त गर्नेछ ।
संसार एउटा घर हो !
हामी त्यसका परिवार हौं !
विश्वमा शान्ति फैलिरहोस् !

Book Title पुष्कर शाह: संसारलाई साँढे पाँच फन्को/Puskar Shah Sansarlai Sadhe Panch Fanko
Authorpuskar shah
ISBN9789937928069
Edition LanguageNepali
Published Year2014
PublicationBook Hill
Pages341
Category नियात्रा संस्मरण