Shopping Cart
सबैको लागि कम्प्युटर शिक्षा। Sabaiko Lagi Computer Siksha

सबैको लागि कम्प्युटर शिक्षा। Sabaiko Lagi Computer Siksha

आजको २१ औं शताब्दीको कम्प्युटर युगमा यसको प्रयोग अपरिहार्य बनेको छ । कम्प्युटरको प्रयोगबिना आजको मानव समाज कुनै पनि क्षेत्रमा पूर्ण छैन । घर होस् या स्कूल कलेज, स्वास्थ्य क्षेत्र होस् या कुनै पनि व्यापार/व्यवसाय, बै‌ङ्किङ क्षेत्र होस् या अन्य कुनै क्षेत्र, सबैमा कम्प्युटरको उत्तिकै प्रयोग हुने गर्दछ । आजको दिनमा यसको आधारभूत ज्ञान तथा प्रयोग गर्न जान्नु आवश्यक भइसकेको छ । यसको ज्ञानविना कुनै पनि क्षेत्रमा तपाई आफूलाई पछाडि परेको महसुस गर्नुहुनेछ । अझ कम्प्युटरको सम्पूर्ण प्रयोग अङ्ग्रेजी तथा अन्य भाषामा हुने कारणले त झन् तपाई हामी यस क्षेत्रमा चाहेर पनि अगाडि बढ्न सकेका छैनौ।

विगत १४ वर्षदेखि यस क्षेत्रमा अनवरत रुपमा सक्रिय भई नेपाल तथा नेपालीलाई यस क्षेत्रमा केही हदसम्म भए पनि माथि उठाउन प्रयासरत छु । यसभन्दा अधिका मेरा सम्पूर्ण पुस्तकहरू अङ्ग्रेजी भाषामा प्रकाशित छन् । समयको माग तथा विभिन्न क्षेत्रबाट आएका सुझावलाइ ध्यानमा राखी प्रथम पटक नेपाली भाषामा कम्प्युटरको आधारभूत पुस्तक सबैका लागि कम्प्युटर शिक्षा भन्ने नाराका साथ बजारमा ल्याएको छु । यसले
अङ्ग्रेजी भाषामा दक्ष नभएर कम्प्युटर सिक्न नपाएका समस्त तपाई हामी नेपाली
वैदेशिक रोजगारमा जानुभएका या जान चाहने समस्त दाजुभाइ, दिदी बहिनी
घरैमा बसेर कम्प्युटर सिक्न चाहने जो कोही
स्कूल तथा कलेजमा पढ्ने विद्यार्थीहरू
विभिन्न विश्वविद्यालय तथा CTEVT अन्तर्गत कम्प्युटर भाषामा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्नेछ ।

Book Title सबैको लागि कम्प्युटर शिक्षा। Sabaiko Lagi Computer Siksha
Authorहेमन्त बराल
ISBN9789994617234
Edition LanguageNepali
Published Year2014
PublicationVidhyarthi Pustak Bhandar
Pages330
Category शिक्षा सेल्फ हेल्प/उत्प्रेरणात्मक