Shopping Cart
समर लभ

समर लभ

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेण्टल साइन्स (सीडीइएस), किर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीइएस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम - साया । देखेको सायालाई होइन, नामलाई । नामैले छट्पटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याड्बरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरु हुन्छ उनीहरुको दुइबर्शे कलेज रोमान्स ।रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरुको प्रेम सफल हुन्छ ?
तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो समल लाभ । यो पढ्दा पटक्कै झिंझो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुत्कुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरुन्जेल हँसाउने हास्यरस ।

Book Title समर लभ
Authorसुबिन भट्टराई
ISBN9789937665810
Edition LanguageNepali
Published Year2012
PublicationFineprint Books
Pages247
Category उपन्यास