Shopping Cart
स्वस्थ महिला ( महिला स्वास्थ्यसम्बन्धी जानकारी )/ Swastha Mahila

स्वस्थ महिला ( महिला स्वास्थ्यसम्बन्धी जानकारी )/ Swastha Mahila

नेपालमा स्वास्थ्यसम्बन्धी अधिकतर पुस्तक अङ्ग्रेजी भाषामा छन् । प्रसूति अर्थात् गर्भवतीसम्बन्धी एकाध पुस्तक नेपाली भाषामा उपलब्ध भए पनि स्त्रीरोग अर्थात् महिला स्वास्थ्यमा भने नेपाली भाषामा छँदै छैन भने पनि हुन्छ । यस्तैमा महिला स्वास्थ्यका विविध पक्षलाई समेटेर लेखिएको यो पुस्तक विषयवस्तु र प्रस्तुतिका हिसाबले खँदिलो छ ।

यौवनावस्था, किशोरावस्थादेखि कुमारीत्व, महिनावारी गडबडी, डिस्मेनोरिया, इन्डोमेट्रिओसिस, निःसन्तान, महिलामा हुने सबै खाले क्यान्सर, पिसाब चुहिने समस्या, आकस्मिक गर्भ निरोध, परिवार नियोजनका साधनका भ्रम र यथार्थ, महिलामा गरिने विभिन्न इन्डोस्कोपीजन्य प्रविधि एवम् शल्यक्रियाका लागि गर्नुपर्ने तयारीबारे पुस्तकले सविस्तार सरल भाषामा वर्णन गरेको छ । तेस्रो लिङ्गीका विविध पाटोलाई पनि लेखकले स्थान दिएका छन् ।

विषयवस्तुका हिसाबले प्रत्येक घरमा सङ्ग्रह गरेर राखिनुपर्ने पुस्तक हो यो ।

Book Title स्वस्थ महिला ( महिला स्वास्थ्यसम्बन्धी जानकारी )/ Swastha Mahila
Authorडा. सुमनराज ताम्राकार
ISBN9789937737852
Edition LanguageNepali
Published Year2023
PublicationKathalaya Inc.
Pages248
Category स्वस्थ्य