Shopping Cart
स्वतन्त्र समाजका आधारशिला | Swatantra Samajka

स्वतन्त्र समाजका आधारशिला | Swatantra Samajka

स्वतन्त्रताले समृद्धि ल्याउँछ । यसले मानवीय प्रतिभा, अन्वेषण र आविष्कारलाई उजागर गर्छ । तर आफूलाई स्वतन्त्र ठान्ने मुलुकमा पनि वास्तविक अर्थमा व्यक्तिगत, सामाजिक, राजनीतिक तथा आर्थिक स्वतन्त्रता दुर्लभ हुन्छ ।

शासकहरूको तजबिजीमा जनताको सामाजिक र आर्थिक जीवनलाई नियन्त्रणमा राखिन्छ । तिनले हाम्रो दैनिक जीवनलाई यति सङ्कुचित बनाएका हुन्छन् कि, ती हाम्रो संस्कृतिका अङ्ग बन्छन् । त्यसलाई हामी हाम्रो नियति ठान्न थाल्छौं ।

स्वतन्त्रता भनेको के हो र यसले कसरी काम गर्छ भन्ने कुराको स्पष्ट दृष्टि त्यो जग हो, जसमाथि मानिसले असली स्वतन्त्र समाज निर्माण गर्न सक्छन् । यो पुस्तकमा स्वतन्त्र समाजको त्यही स्पष्ट दृष्टि पहिल्याउने प्रयास गरिएको छ ।

Book Title स्वतन्त्र समाजका आधारशिला | Swatantra Samajka
Authorइमन बटलर
ISBN9789937746021
Edition LanguageNepali
Published Year2021
PublicationFineprint Books
Pages178
Category आर्थिक गैरआख्यान