Shopping Cart
Tarun Tapasi | तरुण तपसी

Tarun Tapasi | तरुण तपसी

रूखलाई लिएर संसारमा धेरै कविले कविता लेखेका छन् परन्तु रूखलाई तपसी बनाएर आदिदेखि अन्त्यसम्म जुन किसिमले त्यसलाई कविले निर्वाह गरेका छन्, त्यो संसारको काव्यजगत्लाई नै एक सष्टिप्रदान भएको छ । बालककालदेखिको ठूलो काव्यसाधना तथा दार्शनिक अनुभूति नभई वृक्षसित तदाकार भएर तरुण तपसी जस्तो सर्वश्रेष्ठ काव्य लेख्नु असम्भव छ । - बालकृष्ण सम, भूमिका, 'तरुण तपसी'

वास्तवमा 'तरुण तपसी' कविजीको जीवनको घामपानीको एक विशाल कवितात्मक निष्कर्ष हो । यो लेखनाथ रूखको श्रद्धामुखरित मौन, विश्राममय, स्पन्दनशील सन्देश तथा वाणी हो । यो लेखनाथीय फलको रसपरिपाक प्रदर्शनको चाखलाग्दो प्रयत्न हो । लक्ष्मीप्रसाद देवकोटा, 'तरुण तपसी-प्रदक्षिणा'

Book Title Tarun Tapasi | तरुण तपसी
AuthorLekhnath Paudyal
ISBN9789937911306
Edition LanguageNepali
Published Year2015
PublicationManjari Prakashan
Pages159
Category कविता