Shopping Cart
उसले दिएको उमेर / Usle diyako umer

उसले दिएको उमेर / Usle diyako umer

आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्- जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।

एउटा मानिस यत्तिकै उमेरका खु‌ट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु- हरेक सिकाइका खत कहींकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।

यी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू हुन् ।

Book Title उसले दिएको उमेर / Usle diyako umer
Authorबुद्धिसागर
ISBN9789937746670
Edition LanguageNepali
Published Year2023
PublicationFineprint Books
Pages258
Category संस्मरण