Shopping Cart
वरिपरि नै सर्वोपरी | Waripari nai sarvopari

वरिपरि नै सर्वोपरी | Waripari nai sarvopari

जीवनकुमार प्रसाई संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत छन्।  उनले दुइ दशक भन्दा बढी समयदेखि जडिबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलागायत जिर्ण रोगहरुको नियनत्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्।  उनको वैज्ञानिक अनुसन्धान नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच ) संगसमेत आबद्ध छ।  खोजीमै आधारित उनका आलेख 'साइन्स' लगायत जर्नलहरूमा प्रकाशित छन्।  उनले जापानको तोयामा मेडिकल एण्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विधावारिधि गरेका हुन्।  उनका यसअघि खानपान र स्वस्थ जीवनशैलीमा आधारित पुस्तक 'जीवन जिउने काइदा' र 'सधै तन्नेरी' नेपा~लयबाट प्रकाशित छन्।