• भूकम्पमा मल्हमपट्टी

भूकम्पमा मल्हमपट्टी

२०७२ वैशाख १२ गतेको भूकम्पपछि लेखकले भूकम्पप्रभावित १० जिल्लाका दर्जनौ गाउँमा नि :शुल्क स्वास्थ्य शिविर संचालन गरी ९ हजार भन्दा धेरै किडितलाइ उपचार गरेका थिए । विभिन्न विकट गाउँमा न्याना कपडा वितरण, मनोपरामर्श कार्यक्रम तथा बालबालिकालाई सरसफाई, पोषण शिक्षा तथा स्वास्थ्यका अतिरिक्त सेवा प्रदान गरेका थिए । त्यस क्रममा आफूले देखेका, सुनेका, गरेका तथा भोगेका कारुणिक अनुभूति तथा आशाको आगतलाई सजिव ढङ्गले लिपिबद्ध गरेका छन् लेखकले, यस पुस्तकमा ।
भूकम्पबाट सृजित अकल्पनीय अवस्था, पिडितको संवेदनशील मनोभाव तथा परकम्पको पर्वाह नगरी भुकम्पपिडित बस्तीमा गरेको यात्राको दर्पण हो, भूकम्पमा मल्हमपट्टी ।


मूल्य: रु ३४८/-