• चीरहरण

चीरहरण

महाभारत विषयमाथि थुप्रै व्याख्या - पुनर्व्याख्या हुँदै आएका छन् | 'चीरहरण' त्यहि महाभारत-कथा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो | सत्यवतीदेखि द्रौपदिसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिन्सामात्र होइन, ध्रितराष्ट्रको सिंहासनमोह, शकुनि-षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् | कुन्तीको पुत्रत्याग होस् या द्रौपदीको चीरहरण, अहिलेको समाज पनि यस्ता विडम्बनाबाट मुक्त हुन सकेको छैन |

लेखनमा नारि चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने निलामको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिविम्बित  छ |