• पाठशाला

पाठशाला

सूचना

यस विद्यालयका भूतपूर्व छात्र श्री गगन थापा मानसिकरुपले अस्वस्थ रहेको जानकारी हामीलाई आएको छ । प्रारम्भमा मेधावी बालकको रुपमा उदाएका गगनको प्रगति बिस्तारै खस्किंदै गएको तथ्य रिकर्डहरुले बताउछन् । तत्कालिन विधालय प्रशासनबाट एकाधपटक प्रताडित भएको जस्तो लाग्ने गगन थापाको व्यबहार चाहिं असल थियो भनेर दावी गर्ने स्थान उनले छोडेनन् । यसको अर्थ उनि बदमास र नालायक थिए भन्ने चाहिं हैन । सहपाठिहरुमाझ मिलनसार भए पनि एउटा अपरिभाषित कम्प्लेक्स बोकेर उनि विद्यालयबाट बिदा भएका थिए । बहुमुखी रुचिका मालिक. भविष्यमा केहि बन्ने ठानिएको उनको प्रतिकुल स्वास्थ्यप्रति हाम्रो सत्य, हार्दिक र गहिरो सहानुभूति छ । निजको शिघ्र स्वास्थ्यलाभको कामनाको लागि यो सार्वजनिक सूचना गरिएको छ ।


- प्रिन्सिपल
न्यू हार्फ़ोर्ड मोर्डन इंगलिस स्कूल
माटेपानी - १२, पोखरा

मूल्य : रु ४०० /-