• हेलेन कलर

हेलेन कलर

यस पुस्तकमा बालबालिकाहरुको स्वभाव, रुचि र उनीहरुको स्तरलाई ध्यान दिएर संसारमै प्रसिद्धि कमाएका एक सङ्घर्षशील व्यक्तित्वको जीवनीलाई रोचक किसिमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ | पाठकहरुले यस पुस्तकमा helen केलारलाई पहिलोपटक एक जिद्दिवाला र सीपरहित व्यक्तित्वका रूपमा चिन्नेछन  र त्यसपछि उनमा क्रमशः विकास हुदै गएका भावना, सीप र सामाजिक व्यक्तित्वलाई बडो नाजिकबाट बुझ्ने मौका पाउनेछन | उनको जीवनीलाई बुझ्दै जाँदा पाठकहरुले हेलेनलाई एक अनुकरणीय व्यक्तित्वका रुपमा पाउनेछन् भने अझ बिशेष आवश्यकताको घेराभित्र रहेका बालबालिकाहरूले ट उनीबाट अतुलनीय प्रेरणा पाउने कुरा निश्चित छ | यदि विश्वसमुदायले हेलेनजस्तो मानिस नभेटेको भए सम्भवतः अक्षम बालबालिकाहरूले हाम्रो समाजमा आजको जस्तो सम्मान र अवसरहरू पाउने थिएनन् होला |

 बालबालिकाहरूले हेलेनको जीवनयात्रामा शिक्षकको एउटा अहम् भूमिका र एक आदर्श शिक्षक तथा मिहिनेती विद्यार्थीका अनेक दृष्टान्तहरू पाउन सक्नेछन | तसर्थ, नेपालका प्रत्येक बालबालिकाले यस्तो प्रेरणादायी साहित्यसित परिचित हुने अवसर पाए भने उनीहरुलाई पनि आफ्नो जीवन. समाज र देशको सकारात्मक परिवर्तनमा सदुपयोग गर्न उत्प्रेरणा मिल्नेछ |