• जियरा  । Jiyara

जियरा । Jiyara

मधेसको पृष्ठभूमिमा लेखियका लामा कथाहरूको संग्रह हो, जियारा। यस यस पुस्तकमा लेखक नयनराज पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउदै कथावाचनको पृथक र प्रयोगमूलक शिल्प अनि शैलीसित हामीलाई परिचित गराउँछन्।  मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन्।  

 

लेखकले आफ्ना पात्रलाई दु:खका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई 'एजेन्सी' दिएका छन्, हुर्कदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन्।  पुस्तक पढिरहँदा लाग्छ, लेखक समकालीन समयसँग झगडा गर्न चाहन्छन।

जादुयी यथार्थवादी कथाहरुको मानक बनेर आएको यो संग्रह पुँजीवाद, भ्रष्ट राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना हो।