• स्मरण शक्ति

स्मरण शक्ति

स्मरण शक्ति मानिसको जीवनको सबभन्दा उपयोगी साधन हो | जीवनको संघर्षमा स्मरण शक्ति नै व्यक्तिको सबभन्दा शक्तिशाली हतियार हो | स्मरण शक्तिकै माध्यमले मानिसले भविष्यका योजनाहरु बनाउन सक्छ | जीविकोपार्जन गर्न सक्छ र सृष्टिका समस्त आनन्द हासिल गर्न सक्छ | यो पुस्तकमा स्मरण शक्ति के हो, यसको स्वभाव कस्तो हुन्छ यसलाई कसरि बिकसित र धारिलो बनाउन सकिन्छ भन्ने बिषयवस्तुहरूको विश्लेषण गरिएको छ | उत्कृष्ट जीवन निर्माणका लागि स्मरण शक्तिको भूमिका स्मरण शक्तिका अनन्त सम्भावना तथा वास्तविक जीवनमा तिनको उपयोग सम्बन्धमा रुचि राख्नेलाई यो पुस्तक उपयोगी हुनसक्छ |