• रबिन्द्र मिश्रका कविता

रबिन्द्र मिश्रका कविता

रवीन्द्र मिश्र बिबिसी नेपाली सेवाका प्रमुख थिए । हाल उनि बिबेकशील शाझा पार्टीका संयोजक समेत छन् । उनको ‘खान पुगोस्, दिन पुगोस्’ पुस्तक प्रकाशित छ । उनी हेल्प नेपाल नेटवर्कमार्फत परोपकारी गतिविधिमासमेत संलग्न छन् ।
रवीन्द्र मिश्रको यो पहिलो कविता सङ्ग्रह हो । उनको यसअघि राजनीतिक, सामाजिक र परोपकारी आलेखहरूको सङ्ग्रह भूमध्यरेखाः अर्थहीनताभित्र अर्थ खोज्दा र खान पुगोस्, दिन पुगोस् प्रकाशित छन् । बीबीसी नेपाली सेवाका प्रमुख तथा नेपालीहरूको सबभन्दा ठूलो परोपकारी सञ्जाल हेल्प नेपाल नेटवर्कका संस्थापक मिश्रले नेपाल, पाकिस्तान र बेलायतबाट क्रमशः अङ्ग्रेजी साहित्य, पत्रकारिता र अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका छन् । उनी ‘व्यावहारिक परोपकार’ र ‘परोपकारी पत्रकारिता’को अभ्यास र पैरवी गर्दछन् ।