• रेड स्क्वायर

रेड स्क्वायर

नेपाली आख्यानका चर्चित स्रष्टा कृष्ण धरावासी कविता, निबन्ध र यात्रा साहित्यमा पनि उत्तिकै सिद्धहस्त छन् | लेखनमा आफ्नो छुट्टै शैली, शिल्प र प्रस्तुतिले नेपाली साहित्यका पाठकमाझ लोकप्रिय धरावासीका अधिकांश साहित्यिक कृतिहरु पैरवी बुक हाउसले प्रकाशन गर्दै आएको छ |

आफुलाई पूर्णकालीन लेखक भन्न रुचाउने धरावासी पछिल्लो समय वैदेशिक यात्रामा सक्रिय छन् तर उनि एक्लै जान्दैनन्, पाठकलाई पनि सँगै घुमाउछन | २०७० मा कागजको मान्छे मार्फत पाठकलाई युरोपका केहि देश घुमाएका यत्राकर धरावासीले अहिले रुस घुमाएका छन् | पुस्किन, तल्स्तई, चेखभ, लेनिन, गागरिनसँगै भानुभक्तलाई बिदेशी भूमिमा उभ्याउदाका अनुभूति सुनाएका छन् | रेड स्क्वायर मार्फत अहिले उनले सिंगे रुस चिनाएका छन् |