• समय-बिम्ब

समय-बिम्ब

झमक घिमिरेको जीवन आफैमा महान पुस्तक हो | उनको लेखनको अब्बलाताबाट पनि कोहि अपरिचित छैन |आत्मजीवनी परक निबन्ध 'जीवन काँडा कि फूल'का लागि २०६७ सालको मदन पुरस्कारका साथै पद्मश्री सम्मान, उत्तम शान्ति पुरस्कार र अनेसास उत्कृस्ट कृति पुरस्कार लगायत साढे दुइ दर्जन भन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेकी झमकको डायरी विधाको यो पहिलो कृति हो |

डायरी झमकको सिर्जनकर्मको महत्वपूर्ण पाटो हो | उनले अत्यन्तै माया गरेको विधा पनि हो यो | यसमा उनि सम्पूर्ण रुपमा पोखिन सक्छिन | यसमा उनका नितान्त व्यक्तिगत प्रसङ्ग मात्रै छैनन्, उनि बाचेको समयका बिम्ब प्रतिबिम्बहरु पनि सजिव रुपमा उतारिएका छन् | यसबाट उनको जीवनका अनेक मनोविज्ञानलाई सजिलै खोतल्न सकिन्छ | र, उनले लेखनमा गरेको आफ्नै शैलीको खोज पनि यसमा अनुभूत गर्न सकिन्छ |