• शुक्रराज शास्त्रीको चस्मा

शुक्रराज शास्त्रीको चस्मा

राजेन्द्र पराजुली नेपाली साहित्य तथा पत्रकारितामा एउटा चर्चित र स्थापित नाम हो | साहित्यमा उनि आख्यानकार, कवि, सम्पादक, र समीक्षकको रुपमा विशेष सक्रिय रहने गरेका छन् | उनका 'विकल्प यात्रा', 'जाडोमा भोक' र 'सपनामा मार्क्स' जस्ता कथासंग्रहहरु, 'अनायिका' उपन्यास तथा 'भ्रष्ट संवेदना' कवितासंग्रह आफ्नो समयका मानक कृतिहरु हुन् |

'शुक्रराज शास्त्रीको चस्मा' उनको चौथो कथाकृति हो, जसमा आजको समयका अनन्त बिसंगतिहरु प्रति कडा अलोचकिय दृस्टी राखिएका बीस ओटा शक्तिशाली कथाहरु छन् | अधिकांश कथाहरुको अन्तरबस्तु समकालीन राजनीतिका कुरुपता र जडताहरुको केंद्रबाट टिपिएको छ | उनि राजीनितिक कथाका कुशल शिल्पी पनि हुन् | यस संग्रहसम्म आइपुग्दा उनले आजको बदलिदो समाज, फेरिँदो सौन्दर्य र भात्किदो सङ्क्रमणलाई जीवन्त बिम्बहरुमा उतारेका छन् | साहित्य समाजशास्त्र र संस्कृतिक रुपान्तरणका बहुआयामहरुलाई यी कथाहरुले अत्यन्त निकटबाट विश्लेषण गरेका छन् | यी कथाहरुको संसार बार्दलीबाट हेरिएक संसार होइन, भोगिएका सत्यहरुबाट निर्मित अनुभूतिको संसार हो | आवाजविहीन र किनारीकृत मान्छेहरुको आवाजको खोजि गर्नु नै यी कथाहरुको मूल अभिस्ट हो |