• यस्तो होस् जीवनशैली

यस्तो होस् जीवनशैली

Image may contain: 1 person, smiling, closeup

योगबिज्ञान तथा जीवनशैली प्रशिक्षण, पुस्तक लेखन एवंम् वातावरण संरक्षणको क्षेत्रमा डा. राजु अधिकारी एउटा उदयीमान नाम हो | योग बिज्ञान एवम् मानव चेतना बिषयमा देव संस्कृति बिश्वबिद्यालय, हरिद्वार, भारतबाट स्नातकोत्तर र पी एच डी गरेका अधिकारीको जन्म संखुवासभा जिल्लाको खादबारीमा भएको हो | 

'खाने कसरी पिउने कसरी'. 'योग पनि गरौँ भोग पनि गरौँ', 'तपाइका लागि योग' लगायतका जीवनोपयोगी पुस्तकका लेखक अधिकारी देश बिदेशका अनेकौ तालिम, गोष्ठी तथा अनुसन्धानात्मक कार्यशालाहरूमा प्रभावकारी सहजकर्ताको रुपमा क्रियाशील छन् | 'मोटीभेश्नल कोच' तथा 'लाइफस्टाइल ट्रेनर' बनेर सबैमा उत्साहको संचार गराउदै हिड्ने अभियानमा लागेका उनि हासीखुशी जीवन जिउन, अध्ययनशील एवम् भ्रमणशील रहन, प्रकृति एवम् वातावरणको बिनम्र सेवक हुन् र बैज्ञानिक अध्यत्मवादामा अन्वेषण गर्न रुचि राख्ने युवा प्रतिभामा गनिन्छन |