पढ्नैपर्ने एघार उत्कृष्ट नेपाली उपन्यास
२०७८ बैशाख ६ गते kitabkiro
किताबकिरोले तयार पारेको एघार उत्कृष्ट नेपाली उपन्यासहरूको सुचिः
११. “समर लभ”
- सुबिन भट्टराई
बोलिचालिका सरल र मिठास भाषामा लेखिएको यो किताब उत्कृष्ट प्रेमिल उपन्यासको रुपमा पाठकले पाएका छन् । हिजोआज कलेजमा हुने यस्तै मौसमी प्रेम कथाले पाठकलाई कतिखेर मज्जाले हँसाउछ । पढ्दापढ्दै आँखा रसाउन पनि सक्छ । पाठक पुस्तक पढिसकेर कथाको मूल नारी पात्र सायालाई आफै खोज्न र भेट्न पो लालायित हुन्छन् । साँच्चै, आफ्नै कथा पढेझैँ लाग्नसक्छ कलेज भोगेकाहरुलाई । र कलेज पढेकाहरुले पुराना दिनहरुमा फर्किएर फेरी ताजा हुन पाउँछन् ।
यो पुस्तक अर्डर हर्न यहाँ क्लिक गर्नुहोस् !
१०. “सेतो धरती”
- अमर न्यौपाने
वास्तवमा जीवनको सही आनन्द त्यस्को भोग गरेर मात्रै हुन्छ, जीवनलाई बुझ्ने तरिका पनि त्यही नै हो । मिठो र सजिलो भाषामा लेखिएको यो किताबले हाम्रो रूढीवादी संस्कृति र सोचका कारण महिलाले भोग्नु परेका पिंडा, विशेषगरी बालववाह र बालविदुवाका संघर्ष र जीवनलाई चित्रण गरेको छ ।
यो पुस्तक अर्डर हर्न यहाँ क्लिक गर्नुहोस् !
९. "चिरहरण"
- नीलम कार्की ‘निहारिका’
महाभारतको विषयमाथि थुप्रै व्याख्या-पुनर्व्याख्या हुँदै आएका छन् । 'चिरहरण' त्यही महाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो । सत्यवतीदेखि द्रौपदिसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिन्सामात्र होइन, धृतरास्ट्रको सिंहासनमोह, शकुनी-षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् । कुन्तीको पुत्रत्याग होस् या द्रौपदीको चिरहरण, अहिलेको समाज पनि यस्ता विडम्बनाबाट मुक्त हुन सकेको छैन ।
लेखनमा गारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने नीलामको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिविम्बित छ ।
यो पुस्तक अर्डर हर्न यहाँ क्लिक गर्नुहोस् !
८. "लु"
- नयनराज पाण्डे
नेपाली समाजको त्यो हाम्रो आफ्नै भूमि जहाँ नेपाली भएर पनि नेपाली हुन सकिरहेका छैनन् । त्यहाँका बासिन्दाको आँगन नेपालनै हो । तर, बजारचाहिँ भारतका सिमावर्ती क्षेत्र रहेको छ । उनीहरू आफ्नैखाले समस्याका जञ्जालमा परेका छन् । भारतसित सीमा जोडिएको ‘पत्थरपुरवा’को सेरोफेरोमा रहेर उपन्यासकार नयनराज पाण्डेले ‘लू’मार्फत त्यहाँको सामाजिक समस्यालाई राष्ट्रिय समस्यासित जोड्न खोजेका छन् ।
यो पुस्तक अर्डर हर्न यहाँ क्लिक गर्नुहोस् !
७. "घामका पाइलाहरु"
nbsp;
-
- ध.च.गोतामे
लेखक ध.च. गोतामेद्वारा लिखित उपन्यास “घामका पाईलाहरु”ले तराईको जनजीवन कति कष्टकर हुन्छ र पहिलेको नेपाल कस्तो थियो भनेर बुझाउने कोसिस गरेको छ । अभिलेख, अवशेष, कलाकृति, जनश्रुति आदिले कुनै स्थानविशेषकाे इतिहास जान्ने उत्सुकता पाउन सकिन्छ । नेपालकाे एउटा प्रमुख शहरकाे चार–पाँच दशकअघिकाे जीवनका केही क्षणहरूलाई यसमा राम्राेसँग देख्न सकिन्छ । एउटा शहरकाे कथा नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हाे भनेर पाठककाे मनलाई निश्चित पार्न उहाँ सफल हुनुभएकाे छ । त्यस बेलाकाे जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाकाे संयाेजनले नमीठाेलाई मीठाे र मीठाेलाई अति मीठाे पारिदिएकाे छ ।
यो पुस्तक अर्डर हर्न यहाँ क्लिक गर्नुहोस् !
६. राधा
-
- कृष्ण धरावासी
पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । यो किताबले राधाको आँखाबाट कृष्णलाई चिहाउने कोसिस गरेको छ ।
यो पुस्तक अर्डर हर्न यहाँ क्लिक गर्नुहोस् !
५. "पल्पसा क्याफे"
-
- नारायण वाग्ले
“पल्पसा क्याफे” मा भनिएका प्रत्येक संवाद र कथालाई मनन गर्ने हो भने, सबै कुराहरु, सबै घटनाहरु चलचित्र हेरिरहेको जस्तो लाग्छ । पात्र र घटनाहरू आफ्नै लाग्छन्, आफू नै लाग्छन् । सन् २००५ को मदन पुरस्कार जित्न सफल “पल्पसा क्याफे” कुनै उपन्यास नभइ, इतिहास पढिरहेको जस्तो लाग्छ ।
यो पुस्तक अर्डर हर्न यहाँ क्लिक गर्नुहोस् !
४. ‘पागल–बस्ती’
-
- सरुभक्त
सरुभक्तको उपन्यास ‘पागल–बस्ती’ प्रेम र अहम्को रणभूमि हो । उपन्यासभरि प्रेम र अहम्इतरका कथा, उपकथा, दर्शन, कथोपकथनहरु आइरहन्छन् । उपन्यासमा सिर्जित घटनाक्रमहरुले पाठकलाई त्राहीमाही पारिदिन्छ । नेपाली साहित्यमा पागल बस्ती नपढ्ने सायद कोही नहोलान् । यो उपन्यास हरेक लेखक र पाठकका लागि पढ्न अपरिहार्य बनेको छ ।
यो पुस्तक अर्डर हर्न यहाँ क्लिक गर्नुहोस् !
३. "सुम्निमा"
-
- विश्वेश्वर प्रसाद कोइराला
विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित उपन्यासमा सोमदत्त एक ब्रहाम्ण केटो र सुम्निमा एक किराँत पुत्रीबीचको प्रेम प्रसंग छ । र यसमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा नेपाली साहित्यको एक उत्कृष्ट उपन्यास हो ।
यो पुस्तक अर्डर हर्न यहाँ क्लिक गर्नुहोस् !
२. शिरीषको फूल
-
- पारिजात
२०२२ सालको मदन पुरस्कार प्राप्त कृति शिरीषको फूलले विसङ्गतिका बीच रङ्मिएको जीवनलाई चरित्रचित्रण गरेको छ । यस उपन्यासमा सबै गौण पात्रहरूले पनि विसङ्गतिलाई चित्रण गर्न सहयोग पुर्याएका छन् । ‘शिरीषको फूल’ नेपालमा सर्वाधिक पढिने किताब हो ।
यो पुस्तक अर्डर हर्न यहाँ क्लिक गर्नुहोस् !
१. कर्णाली ब्लुज
-
बुद्दिसागर
उपन्यासको कथाले एउटा अस्पताल को परिवेशमा पुगेको अनुभवसँगै अतीतको अनन्त गहिराईमा जेलिंदै अनेक मसिना स्मृतिका रेखाहरूलाई उत्खनन् गर्न थाल्छ । कर्नाली ब्लुज छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो । सानो छँदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काइसँगै पिताबारे धारणा फेर्दै जान्छ ।
यो पुस्तक अर्डर हर्न यहाँ क्लिक गर्नुहोस् !
अथवा
सबै किताबहरू यहाँबाट अर्डर गर्न सकिन्छ !
Comments