Shopping Cart
Aaja Ramita Chha | आज रमिता छ

Aaja Ramita Chha | आज रमिता छ

'आज रमिता छ' नेपाली साहित्यमा सर्वाधिक पढिने कृति मध्ये एक हो ।
ईन्द्र बहादुर राईले यस उपन्यासमा मूलतः भारतको दार्जिलिङ वरपरको भूगोल र त्यहाँको नेपाली भाषी समाजको जीवन, संस्कृति र मनोदशालाई उत्तारेका छन् । मेची पूर्वको त्यस पहाडी इलाका, सन् १८१६ को सुगौली सन्धि अनुरूप ईष्ट इण्डिया कम्पनीलाई नेपालले फिर्ता गरेको थियो, जसप्रति उनीहरूको असन्तुष्टिलाई समेत लाक्षणिक रूपमा पस्किइएको छ।
मुख्य पात्र- जनकको जीवनका उत्साह, सफलता र पतनको कथाभित्र उसको परिवार, बाबुनीको दुःख, यमुनाको ढर्रा अनि भूदेवसँगको राजनीतिक अन्तरद्वन्द्वका साथै एम.के.को आत्महत्या र नामग्यालको निरीहताहरू उपन्यासमा चित्रित छन् ।
पूर्वमा बोलिने भाषा, लवज र शब्दप्रयोगले उपन्यासलाई अझ मिठासपूर्ण बनाएको छ ।

Book Title Aaja Ramita Chha | आज रमिता छ
Authorइन्द्रबहादुर राइ
ISBN9789937007382
Edition LanguageNepali
Published Year2016
PublicationPhoenix Books
Pages243
Category उपन्यास