Shopping Cart
अल्बेर्ट आइन्स्टाइन । Albert Einstien

अल्बेर्ट आइन्स्टाइन । Albert Einstien

अल्बर्ट आइन्स्टाइन महान् वैज्ञानिक हुन्। उनको नाउँ नै मान्छेको उम्दा बुद्धिमता जनाउने विशेषणका रूपमा प्रयोग गर्छन् । संसारकै सबैभन्दा प्रख्यात विज्ञान सूत्र e=mc² प्रतिपादन गर्न आइन्स्टाइन व्यक्तिगत जीवनमा भने उति अनुकरणीय थिएनन् । उनका पनि मानव हुनुका कैयौ कमजोरीहरू थिए । उनी युवतीहरू भनेपछि हत्ते गर्थे, आफ्‌नी श्रीमतीलाई नोकर्नीजस्तो व्यवहार गर्थे, आफूलाई चित्त नबुझेका कुरामा अरूको उछित्तो काढ्‌थे । उनको हँसाई यति नराम्रो थियो कि कहिलेकाहीं त साथीहरू पनि उनले हाँस्न थालेपछि असजिलो मान्थे। तर उनले आफ्‌ना कैयौ नराम्रा कुराहरूलाई राम्रा कुराले ढाकछोप गर्न सके । उनले आफ्‌नो समयमा दिएको विचार, दर्शन र स्वतन्त्रताप्रति उनको प्रतिवद्धता मानवता रहुञ्जेल स्मरण गर्न योग्य छ । मूलतः मानवताप्रतिको गहिरो सम्वेदना, स्वतन्त्रताप्रतिको उनको प्रेम र वैज्ञानिक खोजप्रति उनको प्रतिवद्धताले उनका नराम्रा बानी र कामलाई छपक्क छोप्न सके । उनको जीवन साधारण थियो तर उनले असाधारण जीवन बाँचे ।

Book Title अल्बेर्ट आइन्स्टाइन । Albert Einstien
Authorअच्युत कोइराला
ISBN9789937893831
Edition LanguageNepali
Published Year2014
PublicationPachpokhari Prakashan Griha
Pages342
Category जीवनी