Shopping Cart
धम्मपद। Dhammapad

धम्मपद। Dhammapad

धम्मपद बारे ...

मनलाई अनुशासित राख्न सिकाउनु बुद्धका शिक्षाहरूको सार हो । अनुशासित मनले आनन्दको बाटो पछ्याउँछ, अनुशासनविहीन मनले दुखको बाटो । धम्मपदका हरेक सूक्तिले कसरी आन्तरिक अनुशासन विकास गर्ने भन्ने सिकाउँछन् ।

दलाई लामा

धम्मपद (पुस्तकहरूमध्ये) एभरेष्टजस्तै छ, हिमाल त जति पनि छन्, तर कुनै पनि एभरेष्ट जत्ति उँचा छैनन् । बुद्धका वचनहरूमा ज्यादै विरोधाभास छ । बुद्ध कति विरोधाभासपूर्ण छन् भने, विश्वास गर्नुहोस्, यसमा मबाहेक कसैले उनलाई हराउन सकेको छैन । निश्नप नै, बुद्ध मसँग पराजित भएकोमा खुशी छन्, एक पिता उम्को बच्चा छातीमा चढ्दाजस्तै ।

ओशो रजनीश

धम्मपद सर्वसाधारण र सामान्य बुद्धिका मानिसलाई सहानुभूतिपूर्ण परामर्शदाता हो, बौद्धिकहरूलाई नतमस्तक हुँदै सोच्न बाध्य बनाउने ग्रन्थ हो, वास्तविक साधकका लागि सदाबाहर प्रेरणा र व्यावहारिक मार्गदर्शक हो ।

आचार्य बुद्धरक्षित

बुद्ध भगवान् होइनन्, अवतार पनि होइनन, देवदूत पनि होइनन्, केवल मानव हुन् जसले आफ्‌नै प्रयास र बौद्धिकताले मनलाई शुद्धतम बनाए र उच्चतम प्रज्ञा, पूर्ण ज्ञानोदय प्राप्त गरे, जुन आजसम्म पनि अनुकरणीय छ ।

भिक्षु बोधि

Book Title धम्मपद। Dhammapad
Authorनेत्र आचार्य
ISBN9789994617258
Edition LanguageNepali
Published Year2014
PublicationVidhyarthi Pustak Bhandar
Pages164
Category आध्यात्मिक दर्शन