Shopping Cart
Donald Trump | डोनाल्ड ट्रप

Donald Trump | डोनाल्ड ट्रप

रियलइस्टेट व्यवसायमा सफलता कमाएपछि ठूलो सपनाका व्यापारी भनी चिनिएका डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि राजनीतिज्ञको परिचयसमेत थपेका छन् । कसैलाई विश्वास नगर र दुस्मनले एक मुक्का हान्यो भने दस मुक्का हानेर उठ्नै नसक्ने बनाउनुपर्छ भन्ने सिद्धान्त बोक्ने ट्रम्पले सधैंभरि 'लार्जर देन लाइफ जीवन बाँचेका छन् । राजनीतिका कैयौं मानक भत्काउँदै, कैयौंका अनुमानलाई लोप्पा खुवाउँदै अमेरिकाका ४५ औं राष्ट्रपति बन्न पुगेका ट्रम्प जति विवादित व्यक्ति यसअघि ह्वाइटहाउस छिरेका थिएनन् । साढे तीन हजारभन्दा बढी मुद्दामामिला बेहोरेका र अझै पनि कतिपय अदालतमा ती मुद्दा सल्टिन बाँकी रहेका ट्रम्प संसारमै सबैभन्दा बढी मुद्दामामिला फेल्ने व्यक्तिका रूपमा समेत चिनिन्छन् ।

हामीले उनको जीवनी किन पढ्ने त ? चाहे कुनै चर्चित व्यक्तिको जीवनी होस् या गुमनाम व्यक्तिको, मान्छेको भोगाइ जत्तिको रोचक कुरा संसारमा कुनै छैन । न्युयोर्क टाइम्सले बारम्बार लेखेजस्तो ट्रम्प खराब होलान्, वासिङ्टन पोस्टले भनेजस्तो उनको बोलीको ठेगान नहोला, मनोविज्ञहरूले भनेजस्तै मनोरोगी र आत्ममुग्ध (नार्सिसिस्ट) होलान्, ती सबै कुराभन्दा बढी उनी कर्मशील व्यक्ति हुन् । उनले आफ्नो बदनामीका बेला, कंगालीका बेला, रहरका बेला या बाध्यताका बेलामा पनि निरन्तर आफ्नो कर्म छाडेनन् । उनको कर्मको निरन्तरता ७० वर्षको उमेरमा पनि छुटेको छैन । झन् यो बेला त उनी अमेरिकी जनताको तारनहार बनेर सर्वोच्च पदमा उक्लिएका छन् । उनीजस्ता व्यक्ति संसारमै दुर्लभ भेटिन्छन् । यो जीवनी त्यही दुर्लभताको उदाहरण हो ।
ट्रम्पलाई नजिकबाट चिन्न चाहनेहरूका लागि एउटा रोचक खुराक ।

Book Title Donald Trump | डोनाल्ड ट्रप
Authorअच्युत कोइराला
ISBN9789937893879
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages312
Category जीवनी