Shopping Cart
दुःखदेखि दुःखसम्म | Dukhadekhi Dukhasamma

दुःखदेखि दुःखसम्म | Dukhadekhi Dukhasamma

यस पुस्तकमा लेखकले वि.सं. १९९३ मा प्रकाशित रूपनारायण सिंहको भ्रमरदेखि २०७३ सालमा प्रकाशित मीनराज वसन्तको मुदिरसम्मको ८० वर्षको अवधिमा प्रकाशित २० वटा प्रतिनिधि उपन्यासको मिहिन अध्ययन गरेका छन् र उपन्यासले समेटेको त्योभन्दा लामो समय-फलकको चित्र उतारेका छन् । उपन्यासका पाठका आधारमा उनले बसाइँसराइको इतिहास, कारण र परिणाम साथै बसाइँ हिँड्नेको घर र देश छाड्दाको छटपटी, कष्ट र विपत्का बीचमा बल्झिरहने स्मृति प्रस्तुत गरेका छन् ।

लेखकले आख्यान अध्ययनमा आधारित विवरण र विश्लेषणद्वारा फरक फरक समयमा नेपाली समाजमा बसाइँसराइ कसरी चलेको थियो प्रस्टाएका छन् । बसाइँ हिँड्नुका पछाडि के कस्ता कारणहरू थिए र पात्रहरूले त्यसलाई कसरी अभिव्यक्त गरेका छन् भन्ने पुस्तकले खुलस्त पार्नेछ । फरक फरक ठाउँका पात्रहरूको बसाइँ सर्दाको अनुभूति, त्यस समयमाथि पात्रहरूका चेतनात्मक अभिव्यक्ति, टिप्पणी वा संवाद, बसाइँसराइका क्रममा मानिसले उठाएका जोखिम, नयाँ ठाउँ र परिवेशमा उनीहरूले गरेको संघर्ष, त्यस क्रममा स्मृतिदशले सताइएका पात्रहरूको अतीतमुखी स्मृति र बसाइँसराइले उनीहरूको जीवनमा ल्याएका परिवर्तनलाई समेत समेटिएकाले गर्दा यो पुस्तक नेपाली बसाइँसराइ गर्नेहरूको अद्योपान्त वृत्तान्त बन्न पुगेको छ ।

सुरेश ढकाल पुस्तकको भूमिकाबाट

Book Title दुःखदेखि दुःखसम्म | Dukhadekhi Dukhasamma
Authorजनकराज सापकोटा
ISBN9789937597494
Edition LanguageNepali
Published Year2018
PublicationHimal Kitab
Pages114
Category गैरआख्यान