Shopping Cart
जङ्क्सन पिपलबोट। Janksan Pipalabot

जङ्क्सन पिपलबोट। Janksan Pipalabot

प्रकाश गुरागाईले खुट्टामा श्रीपेच कवितासङ्ग्रह लेखेर हाम्रो समयका एक मेधावी जनपक्षीय कविको चिनारी दिइसकेका छन् । त्यो चर्चित काव्य रचनापछि अर्को अन्तरालमा प्रकट भएको छ नवीन गद्य कृति जङ्क्सन पीपलबोट । यो आविष्कार उनीभित्रको उही काव्य साधना र सामर्थ्यको अर्को कडीमात्र होइन, इतिहास बोधको आवेगमय एक प्रमेय पनि हो । यस अर्थमा यो कृति उनको नयाँ अवतारको ज्वलन्त प्रमाण हो ।
नयाँ सडकको कथा भनेर उनले एकैपटक साहित्य, राजनीति र नेपाली संस्कृतिको प्रमाणिक तथ्य उत्खनन् गर्ने जमर्को गरेका छन् । यहाँ हामी छौ र हामीसित जोडिएको एक युगको संलिष्ट आत्मवृत्तान्त छ । यहाँ हामी छौं र न्याय, समानता र मानवीय मूल्यहरूका निम्ति समर्पित हाम्रो संघर्ष र स्वप्निल कामनाहरूको आरोह र अवरोह छ । यसकारण म भन्छु सरल, सरस र बोधगम्य भाषाशैलीमा बुनिएको यो गाथा हाम्रो इतिहास र साहित्यको एक अनुपम दृष्टान्त हो ।
नारायण ढकाल, साहित्यकार ।

Book Title जङ्क्सन पिपलबोट। Janksan Pipalabot
Authorप्रकाश गुरागाई
ISBN9789937705813
Edition LanguageNepali
Published Year2021
PublicationPhoenix Books
Pages314
Category गैरआख्यान